स्याङ्जा र पर्वत दुई जिल्ला जोड्ने सडक हो, वालिङ–पिपलटारी–अर्चले–भुषालथोक हुदै हुवास । बर्खामा हिलो र हिउ“दमा धुलो यस सडकको विशेषता हो । खाल्डाखुल्डी उस्तै । स्याङ्जाको दोस्रो व्यापारीक केन्द्र वालिङ हुदै जाने सडकको मर्मत कार्य पटकपटक गरिएको भएपनि अवस्था ज्युँकात्युँ छ । सर्वसाधारण ढुक्कले ओहोरदोहोर गर्न पाउदैनन् । पैदलयात्रुलाई पनि उस्तै सास्ती ।
ज्यानलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता दुवै जिल्लाका जनतालाई छ । सडकमा जोखिम बढ्दै गएपछि वालिङ नगरपालिका–९ का युवा यतिबेला सडक मर्मतमा जुटेका छन् । जोखिम सडकमा सरकारको ध्यान नपुगेको भन्दै युवाहरुको समुहले ‘स्वंमसेवक सञ्जाल’ नाम संस्था गठन गरि सडक मर्मत कार्यमा जुटेकाका हुन् । स्थानीय गणेश भुषालले प्रत्येक शनिवार युवाहरु भेला भएर सडक सरसफाई गर्ने, सडकका खाल्डाखुल्डी मर्मत गर्ने, पहिरो हटाउने, विपद्को उच्च जोखिममा रहेका घरका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, सडकमा फसिएका गाडी निकाल्ने, रोड छेउछाउमा विरुवा रोप्ने, पहिरोबाट आएका गिट्टीलाई ट्याक्टर झिकाएर व्यवस्थापन गर्ने, छाडा चौपायालाई गौशालामा पुयाउने जस्ता काम गर्दै आएको बताए ।
संस्थाका सदस्यसमेत रहेका भुषालले सवै युवा मिलेर प्रत्येक शनिवार प्रतिव्यक्ति एकसय रुपैयाँ संकलन गर्ने गरेको बताए । ‘महिनामा २०÷२५ हजार रुपैयाँ जम्मा हुन्छ’ उनले भने, ‘त्यही बजेटबाट सडक मर्मतमा जुट्छौ ।’ उनले संकलन रकम भन्दापनि खर्च बढी हुने बताए । संस्थामा सवै क्षेत्रकालाई समावेश गरेर अप्ठ्यारो परेको ठाउँमा युवाहरु पुग्ने उदेश्यले भदौ ८ मा संस्था दर्ता गरि संचालन गरिएको उनले बताए । ‘हामी यस्तै सेवामा खटिने उदेश्यले युवा संजाल गठन गरेका छौ’ उनले भने, ‘गाउ“मा समस्या पर्छ । नगरपालिकालाई गुहार गर्ने मात्र हो । त्यसभन्दा पहिला हामी नै फिल्डमा जानुपर्छ भनेर सोच बनाएका छौ ।’ विपद्मा सहयोग पु¥याउने उदेश्यले संस्था खोलिएको अध्यक्ष केदारनाथ गैह्रेले जानकारी दिए । २०४९ मा स्थापित वालिङ–हुवास सडक पुरानो सडक हो । १५ बर्षअघि ओटासिल गरिएको भएपनि एकबर्ष नहुदै उप्किएको अध्यक्ष गैह्रेले जानकारी दिए । ‘रोड पुरै कच्ची छ’ उनले भने, ‘सडकबाट कति दुख पाएका छौ हामी भोग्नेलाई मात्र थाहा छ ।’ यो सडक मर्मतको लागि पटकपटक गरि करिव २० करोड खर्च भएको भुषालले बताए ।
वालिङ–हुवास सडक जम्मा १७ किलोमिटरको भएपनि मर्मतमै ३० बर्ष लागेको उनले बताए । गण्डकी प्रदेश सरकारले गतबर्ष १ करोड रुपैया“ विनियोजन गरेको भएपनि यसबर्ष बजेट राखेन । सडकका साइट प्राविधिक विजय सुवेदीले सो रकमबाट १ किलोमिटर मात्र मर्मत गर्ने कार्यक्रम रहेको बताए । ‘नाली बनाउने, कटिङ गर्ने र खाल्डो भएको ठाउँमा पुर्ने साथै ढलान गर्ने मात्र हो’ उनले भने, ‘सडक कटिङ र नालीको काम भइरहेको छ तर, ढलानको काम यतिकै छ ।’
बर्खा लागेपछि बारम्बार पहिरो खस्ने समस्याले ढलानको काम रोकिएको हो ।’ गत माघमा नै टेण्डर भएको यस सडकलाई बहुबर्षिय योजनामा लैजानुपर्ने स्थानीयको माग छ । यसो त, यो संघीय सरकारले पनि सम्बोधन गरेको योजना हो । नया“ ट्रयाक खोलिएपछि यो सडक ओझेलमा परेको स्थानीय भुषालले बताए । मर्मत गर्ने वाहनामा यस सडकमा ठूलो बजेट खर्चिएपनि जनताले भने सुविधा पाउन नसकेको स्थानीयको गुनासो छ । यहाँ अहिले दैनिक १० हजार यात्रु ओहोरदोहोर गर्छन् । ग्रामीण भेगको यो जिल्लाकै बढी व्यस्त सडक हो । हुवास हुदै काठमाण्डौ र बुटवल जाने दिनमा ४ वटा बस छुट्छन भने, ५/५ मिनेटको अन्तरालमा जीप चल्ने गरेको जीप यातायात समिति वालिङले जनाएको छ ।