आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र सबै निर्वाचन क्षेत्रमा पुगेको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि तय गरेको कार्यतालिका भन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।
Post Views: 24