५ दल मिलेर सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको यी राजनीतिक दलका शीर्ष नेताको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् ।
समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । समाजवादी मोर्चा निर्माणका लागि तयारी गर्न बसेको कार्यदलको सोमबारको बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मालगायतको उपस्थिति थियो ।
Post Views: 22