समाजवादी मोर्चा नेपालले भदौ १५ (विहीवार) पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभाकाे आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध दलका शीर्षनेताले सम्बोधन गर्ने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिईएकाे छ ।
माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलका अनुसार सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सहभागी हुने छन् ।
समाजवादी माेर्चाले निकालेकाे प्रेस वक्तव्य जस्ताकाेतस्तै :
समाजवादी मोर्चा, नेपाल
गण्डकी प्रदेश संयोजन समिति
प्रेश वक्तव्य
संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्य सहित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ स्थापना भएको समाजवादी मोर्चा, नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन भएको छ। यसको संगठनात्मक संरचना भावी कार्यक्रमहरुको जानकारीका लागि यो प्रेश वक्तव्य जारी गरिएको छ ।
१. समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेश संयोजन समितिमा हरेक दलबाट ३३ जनाको प्रतिनिधित्व हुने गरी निम्नानुसार सदस्यहरु रहनुभएको जानकारी गराउदछौ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) क. गायत्री गुरुद्र, क. ज्ञामनाथ गैरे र क जगन्नाथ खनाल । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) क. केशवलाल श्रेष्ठ, के श्रीनाथ बराल र के प्रतापतात श्रेष्ठ। जनता समाजवादी पार्टी, नेपाल गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली ।
नेपाल कम्युनिष्ट पार्टी के राजन भी क. दिपा सी र क. काजी सी । यसैगरी जिल्लामा हरेक पाटीबाट २२ जनाको प्रतिनिधित्व हुने गरी जिल्ला संयोजन समितिहरु गठन गरिने छ ।
२) समितिको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत हाललाई में केपा माओवादी केन्द्र का क गायत्री गुरुङ्गले गर्नुहुनेछ ।
३) समाजवादी मोचा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार यही २०८० भाद्र १४ गते सिटी हंस पोखरामा दिनको १२:०० बजे सन्देश सभाको आयोजना गरिएको छ। यसको व्यवस्थापन नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्रबाट हुनेछ। सन्देश सभामा सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. विप्लव सीले सम्बोधन गर्नुहुनेछ सन्देश सभामा उपस्थितीका लागि गण्डकी प्रदेशका कास्की सहितका ११ वटै जिल्लाका आदरणीय बौद्धिक समुदाय, पत्रकार नागरिक समाज, विभिन्न पेशा, व्यवसाय एवं गए संगठन लगायत आम जनसमुदायलाई गरिमामय उपस्थितिका लागि हार्दिक अपील गर्दछौ।
मिति २०८०/४/ १४