समुदायिक विद्यालयमा प्रअलाई खुला प्रतिस्पर्धाबाट चयन गरिने

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । वालिङ नगरपालिले नगरभित्रका आधारभुत तह ८ र माध्यामिक तहतर्फ १६ गरि २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यपक चयन गर्ने निर्णय गरेको हो ।

पहिले चरणमा आधारभुत तह कक्षा १–८ संञ्चालित सवै विद्यालय र माध्यामिकतर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने छ । खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । ‘सवै सरकारी कर्मचारी, जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाले पनि आफ्ना नानिबाबुलाई सामुदायिक विद्यालयमा पढाउन वालिङ नगरपालिकाले अनुरोध गरेको छ’ उनले भने ।

वालिङ नगरभित्रका शिक्षकले आधारभुत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यामिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था नगरपालिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *