सरकारको नीति तथा कार्यक्रम पारित

Share this post :

Facebook
Twitter
WhatsApp

मंगलबार विहान बसेको मन्त्रिपरिषद्‌ वैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वैठक बसको थियो । सरकारले आज नै आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रम अनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *