नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारीको संरक्षण सरकारले नै गरेको बताएका छन् । सोमबारदेखी पोखरामा आयोजित नेपाल सजावादी पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । आफूले भ्रष्टाचार गर्दिन भन्ने व्यक्तिले खुलमखुला भ्रष्टाचार गर्ने र भ्रष्टाचारको वाहनामा अर्कैलाई थुन्ने गरेको आरोप लगाए ।
उनले भ्रष्टाचार नियन्त्रण गर्न आर्थिकरुपमा संस्थाहरु बलियो हुनुपर्ने बताएका थिए । ‘विधिको शासनभित्र राख्नुपर्छ’ उनले भने, ‘मुखले भ्रष्टाचार गर्दिन भन्ने व्यवहारमा भ्रष्टाचारीको संरक्षण गर्ने ? फरक पार्टीकोलाई समातेर भ्रष्टारका कुरा गर्ने ? उनले सहकारी, ओम्नी, भुटानी शरणर्थी, सुन, वाइडवढी लगायत काण्डमा सवै दल मुछिएको बताए । भ्रष्टाचार छानविनको लागि संसदीय समिति जस्तै संस्था गठन गर्नुपर्ने उनको तर्क थियो ।

नेपालको अर्थतन्त्र कमजोर रहेको बताउदै उनले जोकोहीले पनि भ्रष्टाचार रोक्न नसक्ने बताएका थिए ।
२०६५ मा प्रधानमन्त्री हुँदा पहिलोपटक ‘समृद्धि’ शव्द आफूले ल्याएको बताउदै उनले सवै दलका नेताहरुको सम्पति छानविन गर्नुपर्ने बताए । ‘म कुनै पनि काण्डामा मुछिएको छैन्’ उनले भने, ‘सवैभन्दा पहिला म बाट नै छानविन सुरु होस ।’ उनले समाजवादलाई नयाँ शक्तिको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपालका कुनै पनि दलबाट देशको संरक्षण नहुने भन्दै उनले नयाँ शक्तिको रुपमा समाजवादी पार्टीलाई अगाडि बढाउन कार्यकर्तालाई सुझाएका थिए ।
२०७२ पछि पनि सरकारमा पुरानै दल आलोपालो रहेको बताउदै उनले थपे, ‘बीचमा प्रचण्ड प्रधानमन्त्री भए नत्र उनै छन् । यिनीहरुबाट समस्या समाधान हुँदैन । हाम्रो देश अर्थतन्त्रको चेपुवामा छ । रोजगारी सृजना गरेर समृघ ल्याउन अहिलेका दलसंग सम्भावना छैन् । यसकारण समाजवादी पार्टी वैकल्पिक पार्टीकोरुपमा उदानुपर्छ ।’ उनले संघियतालाई बलियो बनाउदै संविधान पुर्नसंरचना पनि आवश्यक रहेको बताए । जातियताको मुद्दा उठाएर नेपाल सकाउने खेलमा बाह्रय शक्तिको चलखेल रहेको उनको भनाई छ । ‘यसमा पनि हाम्रै देशका नेता जोडिएका छन्’ उनले थपे ।
जसपाको घोषणापत्र अन्य पार्टीको तुलनामा अव्वल रहेको दावी उनको छ । उनले घोषणपत्रमा समस्या नरहेका र विधानमा केही त्रुटी रहेकाले सच्याउनुपर्ने बताए । ‘पदाधिकारी, पार्टीको संरचना के बनाउने भन्ने छ संघिय परिषद भन्ने शब्द हटाएको छौ’ उनले भने, ‘जातियता र समुदायको आधारमा केन्द्रिय पदाधिकारी बनाउनुपर्छ भनेका थियौ । प्रदेश र समानुपातिक पनि थप गर्नुपर्ने छ ।’ उपाध्यक्षमा ५ जना सचिवमा ७ जना रहने व्यवस्था छ । प्रभास र विदेश पनि जोड्नुपर्ने भट्टराईको भनाई थियो ।
प्रभास र विदेशसहित गरी विधान अधिवेशनमा ४ सय जना सहभागी रहेको पार्टीका केन्द्रिय सचिवालय सदस्य एवं विधान व्यवस्था समितिको संयोजक किरण थापाले जानकारी दिए । उनका अनुसार यो अधिवेशनले पार्टीको अधिवेशन तय गर्नेछ । स्थानीय तह, प्रदेश हुँदै आगामी माघमा पार्टीको केन्द्रीय अधिवेशन गर्ने गरी विधान अधिवेशन गरिएको थापाले बताए ।