सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनकाे नियमन गर्ने 

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनकाे नियमन गर्ने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेकाे आगामी आर्थिक वर्षकाे बजेटमा डिजिटल  प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका छन् ।

डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञपान क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिने बताउदै अर्थमन्त्री पुनले सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिने बताएका छन् । फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्सजस्ता सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनको नियमनका लागि विज्ञापन बोर्डले विज्ञापन नियमावली, २०८० कार्यान्वयनमा ल्याएको छ । याेसंगै सरकारले थप व्यवस्थित बनाउन नियमन गर्ने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *