गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री दावी गर्न दिएको समय आज अपराहन्न ४ बजे सकिने भएपछि आज सरकार गठनका लागि दावी पेश गरिदै छ । एमालेको नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरिने भएको हो । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठनका लागि दावी पेश गर्ने तयारी भएको हो ।
सोमबार विहान तीन दलको वैठक बसेर दावी पेश गर्ने समय छुटाइने एमाले केन्द्रिय सचिव पद्मा अर्यालले बताइन् । गण्डकीमा सत्तारुढ दल एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । मुख्यमन्त्रीको लागि एमाले र माओवादी दुवैको दावी थियो । गण्डकी प्रदेशसभामा एमाले दोस्रो ठूलो दलको हैसियतमा रहेको छ । १२ प्रत्यक्ष र १० समानुपातिक गरी एमालेका २२ सिट रहेका छन् । ५ प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सिटसहित गण्डकीमा माओवादी तेस्रो स्थानमा रहेको छ भने, राप्रपा समानुपातिकबाट २ सिट ल्याएर सहभागी भएको छ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सिट आवश्यक पर्दछ । सरकार गठनका लागि तीन दललाई बहुमत पुग्नेछ ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठनका लागि गण्डकीमा कुनै पनि दलको एकल बहुमत पुग्दैन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई या दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश प्रमुख गुरुङले दावी पेश गर्न आह्रवान गरेका हुन् । गण्डकी प्रदेशमा ५ दलको सहभागीता रहेको छ । २७ सिट ल्याएर काँग्रेस सवैभन्दा ठूलो दलको रुपमा रहे पनि प्रतिपक्षमा रहने निश्चितजस्तै छ । मनाङ २ बाट निर्विरोध निर्वाचित दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेस“गै गण्डकी प्रदेशसभामा एकीकृत समाजवादीको पनि सहभागीता रहनेछ । गण्डकी प्रदेशसभाका सदस्यले पुस १४ मा पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । भने पुस १८ मा पहिलो वैठक बसेका छन् ।
