गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि मंगलबार आह्वान गरेका हुन् । संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दावी पेश गर्न प्रदेश प्रमुखकाे कार्यालयले ३ दिनकाे समय दिएकाे छ ।
एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि काँग्रेस, माअाेवादी र स्वतन्त्र सांसदकाे गठबन्धन छ । गण्डकीमा सरकारकाे नेतृत्व काँग्रेसले लिने र माअाेवादीले लिने भन्ने टुंगाे नलाग्दा सरकार गठनका लागि ढिला भएकाे थियाे । केन्द्रमा दुई दलबीच आलाेपालाे गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनाैपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दावी पेश गर्न आह्रान गरिएकाे प्रदेश प्रमुख गुरूङका प्रेस संयाेजक माधव रेग्मीले बताए । ६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदकाे आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलाे दलकाे हैसियतले काँग्रेसकाे २७, सभामुखसहित माअाेवादीकाे ८, एमालेकाे २२, राप्रपाकाे २ सीट र स्वतन्त्र सांसदकाे सहभागीता रहेकाे छ ।
