सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच झडप , बारका अध्यक्षसहित घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ आन्दोलनरत कानुनव्यवसायीलाई प्रहरीले रोकेपछि धकेलाधकेलसहित सामान्य झडप भएको हो।
जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई प्रहरीले रोकेपछि प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो। धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनसहित केही घाइते भएका छन्। यस्तै केही प्रहरी पनि घाइते भएका छन्। वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *