सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

Share this post :

Facebook
Twitter
WhatsApp

पुस १३ गते लीलादेवी नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई शुक्लागण्डकी गाउँपालिका २ हलेदी वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार नेपालीकी आमाको ज्यान गयो । ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा पुस १७ गते निधन भएको थियो । अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–३३ का वडा सदस्य नेपालीको चालक अनुमतिपत्र नभएको पाइएपछि माघ ८ गते नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । माघ १२ गते नेपाली र ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको हो । वडासदस्य आज सवारी ज्यान मुद्दामा जेल चलान भएकी हुन् । माघ ८ गते पक्राउ परेकी वडा सदस्य नेपालीलाई जिल्ला अदालत तनहुँले माघ १२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *