सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जावाट २०७८ कार्तित ३० गते १ वर्ष ५ महिना २१ दिन कैद सजाय तोकिएपछि फरार रहेका पाल्पाको रम्भा गाउँपालिका–२ का ३८ वर्षिय राजकुमार दर्जीलाई स्याङ्जा प्रहरीले सोमबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सादा पोसाकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । कैद भुक्तानको लागि मंगलबार जिल्ला कारागार पठाइएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
Post Views: 27