सवारी ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

सवारी ज्यान मुद्धामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०८० असोज २२ गतेको फैसलाले एक महिना कैद सजाय तोकिएका गल्याङ नगरपालिका–८ का ४१ वर्षिय हुमलाल सारु पक्राउ परेका हुन् । प्रहरीले गोप्य सूूचनाको आधारमा सारुलाई आइतबार पक्राउ गरि कैद सजाय भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *