सवारी दुर्घटनामा परि तनहुँमा एक महिलाको मृत्यु भएको छ । बुधबार विहान अन्दाजी ६ बजेको समयमा तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा छिर्कनेबाट दमौलीतर्फ जाँदै गरेको ग १६ प १६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्रु ७२ बर्षिय चेतकुमारी जैशीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार घाइते जैशीलाई उपचारको लागि रत्नहरी अस्पताल लगिएको थियो ।
उपचारको क्रममा चिकित्सकले उनलाई मृत्त घोषण गरेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालक दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
Post Views: 27