गएराति सवारी दुर्घटना हुँदा प्रहरी नायव निरीक्षक सई अर्जुन पौडेलको चितवनको गीतानगरमा मृत्यु भएको छ । उनी पर्वत घर भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए ।उनी ड्युटीमै हुदाँ सवार मोटरसाइकललाई ना४त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए । ट्याक्टर र चालक भरतपुर(२८ मेघौलीका ५५ वर्षका पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Post Views: 28