सवारी लाइसेन्स : ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड

Share this post :

Facebook
Twitter
WhatsApp

सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड राखिने भएको छ । यातायात व्यवस्था विभागले प्रदेशस्तरमा यो सुविधा दिन लागेको हो ।

यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमरजेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेश मन्त्रालयअन्तर्गतका यातायात कार्यालयहरूले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्युआर कोड राख्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवराज रिजालले जानकारी दिए ।

महानिर्देशक रिजालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रदेश सरकारका प्रतिनिधिसहितको बैठकमा निर्णय भएअनुसार तत्कालै उक्त व्यवस्था लागू गर्न लागिएको हो । सातै प्रदेशका ४३ स्थानमा रहेको ट्रायल सेन्टरबाट दैनिक ५ देखि ६ हजारले ट्रायल पास गरिरहेका छन् ।

नक्कली परीक्षार्थी र लाइसेन्स रोकिने
ट्रायल दिनु अगावै शुल्क तिर्ने बेलामै रसिदमा क्युआर कोड राख्ने र फोटो टास्ने व्यवस्था गर्न लागिएको छ । यसबाट लाइसेन्सका लागि नक्कली परीक्षार्थीले ट्रायल दिने प्रवृत्ति रोकिनेछ । अरुको रसिद बोकेर आफ्नै हो भन्दै सवारीसाधान चलाउने घटनालाई पनि यसले रोक्ने विभागले जनाएको छ ।

अहिले दिइरहेको रसिदमा फोटो वा व्यक्ति पहिचानका लागि नाम बाहेक अन्य विवरण हुँदैन् । अबको रसिदमा फोटो र क्युआर कोड राखेपछि ट्राफिक प्रहरीसँग मोबाइलमा भएको सफ्टवेयर स्क्यान गरेर नक्कली र सक्कली पत्ता लगाउन सकिने यातायाता विभागको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *