सहकारीपीडित भन्छन, रास्वपाको दबाबमा लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस्

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराका सहकारीपीडितहरुले रास्वपाको दवावमा पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस भन्ने माग गरेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित नगर्न विज्ञप्तीमार्फत अनुरोध गरेका छन् । आन्दालेनका कारण अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू पनि सडकमा आउनुपरेको बताएका छन् ।

अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निष्पक्ष छानबिन हुनुपर्ने र सहकारीपीडित बचतकर्तालाई न्याय दिनुपर्ने समय मा रास्वपा त्यसविरुद्ध लागेको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *