सहकारी ठगीका फरार प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा फरार रहेका पोखरा–२३ ठुलाखेतका ३८ वर्षिय विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन् । मित्रमिलन सहकारीका पदाधिकारीले सहकारी रकम हिनामिना एंव ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए । प्रहरीले माघ २२ मा पक्राउ गरी जिल्ला अदालत कास्कीमा हाजिर गराएको जनाएको छ । यस्तै कास्की आदलतबाट लागूऔषध मुद्दामा गत असोज १५ मा १ वर्ष ७ महिना कैद र ५० हजार जरिवाना तोकिएपछि फरार रहेका पोखरा–२० घर भई हाल पोखरा–१६बस्ने २६ वर्षिय रितिक परियारलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका परिवारलाई प्रहरीले जिल्ला अदालत हाजिर गराएको जानकारी दियो । यसैगरी, जिल्ला अदालत कास्कीबाट यही माघ ५ गते लेनदेन मुद्दामा १ वर्ष कैद सजाय तोकिएकी पोखरा–११ लामिछाने टोल घर भई हाल पोखरा–११ फूलबारी बस्ने ४४ की दीपा लामिछाने पनि पक्राउ परेकी छन् । उनलाई पनि प्रहरीले मंगलबार पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *