११ जेठदेखि सहकारी पीडित बचकर्ताले पुन अन्दोलन गर्ने भएका छन् । सहकारी पीडितले सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएका हुन् ।
सहकाारी पीडितलाई संगठित गर्दै बनाइएको सहककारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलनको घोषण गरेको हो । आन्दोलन माइतीघर मण्डलाबाट विहान सुरु हुनेछ । महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।
सहकारी पीडितको माग पूरा नभएसम्म देशभर आन्दोलन अगाडि बढाउने उनले बताए ।
Post Views: 120