सहरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि : विश्वप्रकाश

Share this post :

Facebook
Twitter
WhatsApp

मंसिर ४ मा हुने आम निर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगरविकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसैगरी भूमिका निर्वाह गर्ने प्रण गर्छन् । उनीसँग चुनाव केन्द्रित भई गरिएको कुराकानी :
कास्कीको २ (१) पाँच दलीय गठबन्धन भएपनि सहज जित्छौ ंभनी एमालेले दावी गरेको क्षेत्र हो । उम्मेदवारी दर्तापछि भेटघाट, प्रतिक्रिया र यहाँको आफ्नै ठम्याई चाहिँ कस्तो छ ?
पहिलो कुरा त जनताले पटकपटक एउटैले, एउटै टिमले नेतृत्व गरोस भन्ने चाहादैनन् । नेपाली जनता हरेकपल्ट परिवर्तन चाहन्छन् । त्यसैले परिवर्तनको जित हुन्छ भन्नेमा जनमत छ । मलाई भेटघाट, कुराकानी, छलफलमा जनताले ठूलै समर्थन दिएको पाएको छु ।
तपाई पार्टीको इमान्दार नेता, अघिल्लो स्थनीय निर्वाचनमा पार्टीको आदेशले उम्मेदवारी फिर्ता लिनुभएको थियो । अहिलेको चुनाव परिचालन कस्तो भइरहेको छ ?
परिचालन भन्दा पनि जितको पहिलो कारण एजेन्डा हो । विचार हो । मैले पोखरा कस्तो बनाउने भन्ने भिजन दिन सक्छु भन्ने हो । समग्र पोखरेलीले मेरो क्षेत्रका मतदाताले प्रष्टसँग बुझिसक्नु भएको छ कि मैले कति काम गर्न सक्छु । कसरी काम गर्न सक्छु । मैले कति काम गरेको छु । उहाँहरुले मूल्यांकन गर्नुभएको छ । आगामी दिनमा म आफ्नो स्पष्ट कार्ययोजनाका साथ अघि बढ्छु । त्यसैले हिजोदेखि आजसम्मको स्थिति हेर्ने हो भने सधै एउटै होइन कि नयाँ एजेन्डाका साथ हामी अघि बढेका छौं ।
तपाईको गठबन्धनको, पार्टीको घोषणापत्र, अवधारणपत्र त आउलान्नै । तपाईले अहिले तय गरिसकेका केही एजेन्डा छन् ?
पहिलो एजेन्डा सुशासन हो । नेपाली जनताले करिब सात दशकसम्म अनवरतरुपमा संघर्ष गरेर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यौ । अझै पनि भ्रष्टाचार कम भएको छैन । आर्थिक पारदर्शिता सहितको सुशासन मेरो पहिलो एजेन्डा हो । दोस्रो आर्थिक परिवर्तन हो । निम्न, मध्यम वर्गका जनताको समृद्धि र जीवनस्तरमा कसरी परिवर्तन गर्ने भन्ने हो । मेरो तेस्रो एजेन्डा हो, विकास । पोखरा आफैंमा सुन्दर छ । मेरो निर्वाचन क्षेत्र भनेको पोखराको पनि मुटु हो । महानगरको बीचको दक्षिणतर्फको भूभाग पर्छ । डेमसाइडलाई कस्तो बनाउने, नयाँ विमानस्थल बनिसकेपछि पुरानो एअरपोर्टको करिब ११ सय रोपनी जग्गा हामीसँग हुन्छ । त्यसमा अन्तर्राष्ट्रियस्तरको सेवा, सुविधासहितको सुन्दर हरियाली पार्क बनाउने हाम्रो योजना छ । पोखरा उपत्यका चक्रपथ निर्माण गर्ने हाम्रो योजना छ । पुडिटारदेखि भरतपोखरी, निर्मलपोखरी, कृस्ति हुँदै पुम्दीपुम्दीको सिद्धार्थ राजमार्गमा जोड्न सकिन्छ । यो बाइपास रोड पनि बन्न सक्छ । यी ठूला आयोजना देखि साना आयोजना हामी निर्माण गर्छाै । मेरो क्षेत्रमा सेती नदी पर्छ । नदीको संरक्षण गर्दै तटबन्धहरु निर्माण गर्नुपर्नेछ । फुस्रेखोलामा पनि केही ठाउँमा तटबन्ध बनाउनुपर्ने छ । मेरो क्षेत्रमा तीन खालका भूभाग छन् । एउटा छ, सहरी भाग । त्यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिने छ । ग्रामीण क्षेत्रहरुलाई उत्पादन र आयआर्जनसँग जोड्नु अपरिहार्य छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्दै विशेष कृषि जोनको रुपमा त्यो क्षेत्रलाई विकास गर्नुपर्ने देखिन्छ । अहिले हामी प्रारम्भिक खाका तयार गरिरहेकाछौं । यसको विस्तृतरुप हाम्रो घोषणापत्रमा आउँछ ।
अघिल्लो चुनावमा बामगठबन्धन भनेर आउनुभएको थियो, अहिले कांग्रेससँग गठबन्धन छ । अहिलेको गठबन्धनका साझा एजेन्डा र आधार के हुन ?
कांग्रेस र हाम्रा केही एजेन्डा मिलेका छन् । हिजो विपीले प्रजातान्त्रिक समाजवाद भन्नुभएको थियो, कमरेड पुष्पलालले चाहिँ समाजवादको कुरा गर्नुभयो । निरंकुशलाई फाल्ने समान एजेन्डाका साथ जानुपर्छ भन्ने उहाँहरुको आदर्श थियो । त्यो अनुसार अहिले आउँदा के देखियो भने संविधानको रक्षा र कार्यान्वयन गर्ने क्रममा प्रतिगमनलाई फाइदा हुनेगरी पटकपटक समस्या देखिए । यो सबै नेपालीलाई थाहा भएकै कुरा हो । जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नका लागि हाम्रो गठबन्धन बनेको हो ।
अर्काे कुरा, यो राजनीतिक परिवर्तनपछि जनताले ठूलो आशा गरेका थिए । आर्थिक, सामाजिक रुपान्तरणर समृद्धिको अपेक्षा थियो । त्यसो हुन सकेन । त्यसैले समृद्धिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर मात्र समृद्धि आउन सक्छ भनेर केन्द्रमा गठबन्धन बन्यो, त्यो गठबन्धन जगसम्म पुयाउने गरी हामी अघि बढेका छौं ।
५ वर्षअघि मात्र स्थापना भएको प्रदेशको विधायिका भन्ने यात्रामा हुनुहुन्छ । तपाई आफैंले तयार गरेको प्रदेशको चित्र चाहिँ कस्तो छ ?
संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य भावना भनेको संघीयता नै हो । संघीयताको कार्यान्वयन गर्दा प्रदेश सरकारले स्थानीय र केन्द्रको बीचमा रहेर सँगसँगै लैजाने संयन्त्र हो । केन्द्रले ठूला गौरवपूर्ण ठूला आयोजना चलाउने, प्रदेशले प्रदेशका आवश्कता अनुसारका योजना बनाउने, स्थानीय सरकारले स्थानीय अवश्यकता अनुसारका योजना चलाउने भन्ने हो । नेपाली जनताले जनताले सिंहदरबारको अधिकार घरदैलोमा पाएका छन् । यो उपलब्धिलाई संस्थागत गर्न, अधिकारै दिन चाहिँ प्रदेशलाई बलियो बनाउनै पर्छ ।
पोखरा प्रदेशको राजधानी मात्र होइन, देशकै पर्यटनको राजधानी हो । यसको जिम्मेवारी अहंछ, पोखरा कस्तो छ, त्यसको आधारमा गण्डकी प्रदेशको परिचय हुन्छ । नीति, नियम निर्माण, विकास निर्माणका खाका तयार गर्नेदेखि समाजलाई सुशासन, पारदर्शिता र मानवीय विकासमा योगदान गर्ने खालको प्रदेश सरकार चाहिन्छ । शिक्षा, स्वास्थ्यलाई मौलिक हक मानिएको अवस्थामा नागरिकको यी हकमा पहुँच पु¥याउनु जरुरी छ ।
कास्की २१ मा कस्ता समस्या छन्, र कस्ता सम्भवना देख्नुभएको छ ?
यो सम्भाववना नै सम्भावना भएको क्षेत्र हो । एउटा शहरी क्षेत्र छ, त्यो पनि पोखराकै सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रमा पर्छ डेमसाइड । पातले छाँगो, गुप्तेश्वर जस्ता धार्मिक, सांस्कृतिक सम्पदा छन् । बहुमारादेखि पुँडीटारसम्मको समथर भाग छ । ग्रामीण भूभाग रमणीय र दृश्यावलोक गर्न सकिने खालको छ । कृषि उत्पादन र पशुपालनसँगै पर्यटकीय सम्भावना त्यो क्षेत्रमा खोज्न सकिन्छ । त्यहाँ पूर्वाधारहरु निर्माण गरी पर्यटनलाई बढावा दिन जरुरी छ । पर्यटकलाई बैदाम, लेकसाइड मात्र नभई ग्रामीण क्षेत्रसम्म लैजानुपर्छ । पर्यटनको विकास गर्दा पोखराबाट सामान लगेर गर्ने होइन, स्थानीय उत्पादन गर्ने र ती उत्पादन प्रयोग गरी आत्मनिर्भरको बाटोमा लैजानु जरुरी छ ।
चाडै समृद्धिको फड्को मार्र्न सकिने सम्भावना त छँदैछ, सँगसँगै समस्याहरु पनि छन् । पोखरा महानगर त बनाइयो तर समानुपातिक विकास छैन । पछि थपिएका क्षेत्रलाई महानगरको आभास दिलाउनुपर्ने चुनौती छ । फास्ट ट्रयाक बनाउनु जरुरी छ । केही भाग शहर बनिसकेको छ, केही सहर बन्ने क्रममा छ । सहर बन्दै गरेको क्षेत्रको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाउनुपर्नेछ । यो योजना उचित तवरले कार्यान्वयन गर्न जरुरी छ । ग्रामीण क्षेत्रलाई आवास क्षेत्र, पुँडिटार क्षेत्रलाई औद्योगिक क्षेत्रकोरुपमा विकास गर्ने सम्भवना पनि छ । ठूला अस्पतालहरु अब ग्रामीण क्षेत्रमा बनाउनुपर्छ । विश्वविद्यालय, क्याम्पस, खेलका संरचना ती क्षेत्रमा बनाउनु उचित हुन्छ ।
अन्त्यमा, विश्वप्रकाश लामिछाने, सत्ता गठबन्धन र माओवादी केन्द्रलाई किन मतदाताले मत दिने?
विश्वप्रकाश लामिछानेले हिजो पोखरालाई चाहिने केही योजना बनायो । केही कार्यान्वयन पनि गरेको छ । विगतमा मैले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेँ, त्यसमा यहाँहरु सबैको साथ रह्यो । अब ती बेला बनाएका योजनाहरु कार्यान्वयन गर्दै यो क्षेत्रको समृद्धिका लागि म चुनावी मैदानमा छु । विश्वप्रकाश लामिछानेले योजना बनाउँछ र दृढतापूर्वक कार्यान्वयन गर्छ भन्ने नागरिकलाई अवगत छ । मेरो क्षेत्रमा मतदाता, नागरिकले यसपटक मलाई यो जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *