सहिद !

Share this post :

Facebook
Twitter
WhatsApp

शासकले आफ्नो पागलपन र अन्धोपनमा
सहिदलाई पछाडिबाट मारे ।

सहिदहरू जनताको जोशका सूचक हुन्
परिवर्तनका नक्सा हुन्
समयका आवाज हुन्
विभेद र अपराधको समय नास्न
तिनीहरूले दयामा बाँचेनन्
समयलाई शान्त पार्न
सबै चाहनालाई भरिएको भाँडोमा राखेर
दुष्ट इच्छाबाट समयको आँधीलाई मुक्त गर्न
विजेता बनेर इतिहासको बाटो खन्न
शासकले क्रोधमा हत्या गर्दा
समयले तिनीहरूको पुरै बाटो रोजेको छैन किन होला ?

कालु पाण्डे, तुले रोहानी, बाँकाबीर, लखनहरूको रगतमा बनेको देश
१९९३ मा रोपिएका सहिदका रूखहरू
शोभा भगवती, टेकु, शिफल हुँदै भिमदत्त सम्म पुगे
तिमीले सोचेको बलियो समयलाई तोड्न
रम्तेल र ललीलाई निल्यो समयले
दोरम्भाको भूमिमा एक पल
आशा जोगाएर जनता रोइरहेका थिए
फलामको पर्दाले सेनको घाँटी निचोरेर
फूल फुलायो सहिद रोइरहेको आवाजको
आफ्नो रगतमा आफ्नै अनुहार हेरेर
तिनीहरूले आफैलाई मारेको देखे
क्षमा गर- किनभने तिनीहरूले दयाको जीवन बाँचेनन् ।

यो सडकमा रगत छ सहिदको
सिंहदरबारमा सपना छ सहिदको
समयको आवाजलाई बलियो पारेर
सगरमाथाको यात्रा गर
कालापानीको पानी पिएर एक पेट
सुस्ताको माटोमा हिड एक पल
महाकालीलाई बालआँखाले हेरेर
जनताको रोइरहेको आँसु पुछ
फलामको हात खोलेर
जनता रोइरहेको बेला
सहिदलाई सम्झेर एक पाइला हिड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *