पाेखरा महानगरपालिका-१० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा मंगलबार राति साढे १० बजे आगिलागी भएको छ ।
आगलागीको खबर स्थानीयबाट प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल कालिका गणको बिशेश उध्दार टोली लगायत पोखरा महानगरको २ वटा दमकलका साथै नेपाल प्रहरी तथा स्थानीयको सहभागीतामा करिव ४५ मिनटको फायर फाईटिङ अप्रेसन पश्चात् उक्त आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए ।
पोखरा-१४ कदममार्ग निवासी ध्रव मरासिनीले संचालन गरेको उक्त बिजुली सप्लायर्समा कति क्षति भयो भन्ने एकिन विवरण नआईसकेको कुरा समेत एसपी शर्माले बताए।
यस्तै, राति ११ बजे पोखरा-३१ बेगनास लाकुरीडाडा जंगलमा भिषण आगलागी भई ९ वटा घरहरु अत्यन्तै जोखिममा रहेको खवर प्राप्त हुनासाथ कालिका गणको विशेष विपद उध्दार फौज परिचालन भई फायरलेन बनाई उक्त घरहरुलाई पूर्णरूपमा सुरक्षित बनाई बिहान ३ बजे सशस्त्र प्रहरीको उध्दारकहरु कालिका गण फिर्ता भएको एसपी शर्माले जानकारी दिए ।