सांसदको तलव भत्ता सामाजिक सेवामा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्राप्त गरेको तलवभत्ता सामाजिक सेवामा खर्चिएको बताएका छन् । प्रदेशसभाबाट प्राप्त गर्ने तलव र भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताए । पूर्व मन्त्रीसमेत रहेका थापाले पहिलो कार्यकालमा पनि सामाजिक कार्यमै खर्चिएको र यसपटक पनि खर्च गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
‘प्रदेशसभा सचिवालयबाट २०७९ पौष २५ गतेदेखि हालसम्म प्रदेशसभाका विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधासमेत गरी मेरो बैंक खातामा ८ लाख ९६ हजार १ सय ६० रुपैयाँ जम्मा हुन आएको छ’ सांसद थापाले भने, ‘सो रकममा मेरो व्यक्तिगत रकम थप गरी ११ लाख १२ हजार ६सय ५ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरको छु ।’ प्रदेशसभामा थापाको दोस्रो कार्यकाल हो । यस कार्यकालमा पनि सेवासुविधाबापत पाउने सवै रकम सामाजिक कार्यमा नै खर्च गर्ने उनले बताए ।
नेपाली काँग्रेस संसदीय दलको उपनेता समेत रहेका उनले खर्च विवरण सार्वजनिक गर्दै राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेसाको रुपमा नलिएको दाबी गरे । अघिल्लो कार्यकाल केही सिक्ने, कानुन निर्माण गर्ने, थिति बसाल्ने र जनताका चाहाना अनुसार विकास निर्माणमा सहजीकरण गर्दै वितेको बताए । थापा कास्की क्षेत्र २ ‘ख’ बाट दोस्रो कार्यकालका लागि निर्वाचित सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *