सांसदको शपथ पुस ७ मा

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको शपथ पुष ७ गते हुने भएको छ । दिउँसो १ बजे शपथ हुने तयारी भइरहेको संघीय संसद सचिवालयले जनाएको छ । गत मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि १ सय ६५ प्रत्यक्ष गरि २ सय ७५ जना निर्वाचित भएका छन् ।
सांसदको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य हुन् । तर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ । उनी ८१ वर्षका हुन् । २०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । उनीभन्दा उमेरमा बढी महिन्द्र राय यादव भएपनि वास्तविक उमेर कम रहेको स्विकार्दै शपथ ग्रहणको दिन अनुपस्थित रहेर ठाकुरलाई अगाडि सारिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताभित्र सरकार गठन गर्नको लागि आइतबार सूचना आह्रवान गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *