आज साउनको अन्तिम सोमबार । पोखराको केदारेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो । पोखरामा जस्तै देशभरका विभिन्न शिवालयमा विहानैदेखि भक्तजनको भीड लागेको छ । भगवान् शिवजीको महिना भनेर चिनिने साउनमा विशेषगरी महिलाले बढी महत्व दिन्छन् ।
साउनमा ५ वटा सोमबार परेका छन् । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीको विश्वास छ ।
ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ ।
सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।
Post Views: 34