निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पछाडी पार्दै भरतपुर महानगरपालिका मेयरमा माअाेवादी केन्द्रकि रेनु दाहाल विजयी भएकी छन् ।
सत्तारूढ गठबन्धनबाट मेयरकाे उम्मेद्वार बनेकी दाहालले अन्तिम मत परिणाम सार्वजनिक हुदाँ ५२ हजार ३० मत प्राप्त गरिन् । सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।
उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८०३ मत ल्यााउँदा उनकाे निकटतम प्रतिद्वन्दी राप्रपाकी हिमला गुरूङले ३० हजार ६१२ मत ल्याइन ।
हिमलालाई एमालेकाे समर्थन थियाे । मेयर पदका स्वतन्त्र उम्मेद्वार जगन्नाथ पाैडेलकाे १४ हजार ७२८ मत आएकाे बताईएकाे छ । भरतपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले आैपचारिक रूपमा निर्वाचन परिणाम भने सार्वजनिक गरेकाे छैन ।
Post Views: 40