सातै प्रदेशका मुख्यमन्त्री पाेखरामा भेला हुँदै

Share this post :

Facebook
Twitter
WhatsApp

सातैवटा प्रदेशका मुख्यमन्त्री शुक्रबार पाेखरामा भेला हुँदै छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा शुक्रबार देखि पोखराको ग्राण्ड होटलमा उक्त कार्यक्रम शुभारम्भ हुने छ । प्रदेश सरकारका प्रवक्ता एवं उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव उक्त भेला सहभागि हुनका लागि पत्रचार समेत गरिएको बताईन् ।

सातै प्रदेशका मुख्यमन्त्रीको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने अन्तरप्रदेश समन्वय परिषदको बैठक समेत चल्ने बताईएकाे छ ।

शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले उक्त बैठकको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार उद्घाटन पश्चात प्रधानमन्त्रीको अध्यक्षमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बस्ने छ । शनिबार प्रदेशका मुख्यमन्त्रीहरु बिचको बैठक तथा छलफल हुने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिषेश पहलमा यस अघि जेठ १० गते पोखरामा बस्ने भनिएको मुख्यमन्त्रीको बैठक प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगित भएको थियो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वले २०७५ साल भदौ २१ गते पोखरामा मुख्यमन्त्रीहरुको बैठक तथा परिषद बैठक आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *