सामूहिक बलात्कारको आरोपमा ८ जना पक्राउ, एक फरार  

Share this post :

Facebook
Twitter
WhatsApp

सामूहिक बलात्कारको आरोपमा कास्की प्रहरीले ८ जनालाई पक्राउ परेको छन् भने एक जना फरार रहेका छन् । प्रहरीले ८ जनालाई पक्राउ गरि भदौ १७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेको छ भने एक जनाको खोजी कार्य भइरहेको जनाएको छ ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका अमृत ठकुरी, सन्तोष दवाडी, साजन दवाडी, राजीव विसी, सन्जीव शाही, अनुप अधिकारी, रामेश्वर धिताल र सन्जीत नेपाली रहेका छन् । उनीहरु आठै जना एकै गाउँका हुन् । यस्तै फरार हुनेमा लमजुङका इश्वर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घटना भदौ १३ गते रातीको हो । १३ गते दिउँसो पीडित २६ वर्षिया युवतीलाई पोखराको शान्तिनगरवाट जवरजस्ती गाडीमा राखी घाचोक लगेको तिमिल्सिनाले बताए । घाचोकको एउटा बगुँर फार्ममा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडितका आफन्तले युवती हराएको सूचना प्रहरीकोमा दिएका थिए । प्रहरीका अनुसार पीडित १५ गते प्रहरीको समपर्कमा आएकी थिइन् । पीडितले आफू बलात्कृत भएको प्रहरीमा बताएपछि प्रहरीले १६ गते पीडकलाई पक्राउ गरी १७ गते मुद्दा दर्ता गराएको कास्की प्रहरीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए । प्रहरीले बाग्मती प्रदेश ०१–०२६ च ९२१० नम्बरको गाडी पनि बरामद गरेको छ । प्रहरीका अनुसार पीडक पेशाले कामदार र ठेकेदार हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *