सार्वजानिक जग्गामा व्यक्तिको रिर्सोट

Share this post :

Facebook
Twitter
WhatsApp

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाले करिव १ सय रोपनी सार्वजानिक जग्गा कव्जा गरि सुविधा सम्पन्न होटल बनाएका छन् । मुस्ताङ्को वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित उक्त रिर्सोट बनाएका हुन् । मुस्ताङको मुक्तिनाथस्थित रानीपौवामा बनेको ‘लो मुस्ताङ हिमालयन रिर्सोट’को उद्घाटन अघिल्लो केही समयअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरेकी थिईन् ।
एकपछि अर्को कार्यले बेलाबेलामा चर्चामा आउने राष्ट्रपति भण्डारी पुनःचर्चामा आईन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा रिर्सोटको उद्घाटन गर्नु मात्र होइन सार्वजानिक जग्गामा बनेको जानकारी हुदाँ हुदै पनि रिर्सोट उद्घाट गरेको भन्दै अहिले स्थानीयबासीले नै आलोचना गरेका छन् । स्थानीयका अनुसार उक्त रिर्सोट अवैधानिक तवरले बनाइएको हो । रिर्सोट सार्वजानिक जग्गामा बनाइएको भन्ने विषयमा मुस्ताङको सुरक्षा वैठकमा छलफल भएको थियो । स्रोतका अनुसार कर्मचारी र सुरक्षार्कीको माध्यमबाट यो रिर्सोट सार्वजानिक जग्गामा बनाइएको हुदाँ उद्घाटन नगर्न समेत राष्ट्रपति सचिवालयमा जानकारी गराइएको थियो ।
सूचना हुदाँ हुदै पनि राष्ट्रपति भण्डारीले रिर्सोट उद्घाटन गरेको स्रोतले जनाएको छ । लामाले मुक्तिनाथ मन्दिरमा नीजि लगानीले बुद्धको मुर्ति बनाएका थिए । राष्ट्रपति त्यहि मूर्तिको उद्घाटन गर्न सेनाको हेलिचढेर आएकी थिइन् । मूर्ति उद्घाटन गरेपछि उनले रिर्सोटको उद्घाटन गरेकी थिइन् । मूलुकमा संघियता कार्यान्वयन भए पनि मुस्ताङमा भने मुखिया प्रथा नै हावी छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि निर्णय गर्ने अधिकार मुखियामा निर्भर रहन्छ । वारागुङ मुक्तिक्षेत्र गाउ“पालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जग्गा सार्वजानिक नभएको दावी गरे । टेलिफोनमा बोल्दै उनले यो विषयमा पहिला पनि विवाद उठेकाले आफूले वडाध्यक्षको संयोजकत्वमा छानविन समिति बनाएर छानविन गरेको बताए । ‘समितिले लालपुर्जा रहेको पुष्टि गर्यो’ उनले भने, ‘लालपुर्जा रानीपौवासीको हो ।’ व्यक्तिको नाममा जग्गा छ भनेपछि गाउँपालिका पछि हटेको बताउँदै उनले अव कुनै छानविन गर्नुपर्ने अवस्था नरहेको दावी गरे ।
प्रतिपत्रले पुर्जासमेत माग गरेको थियो । तर, उनले उपलब्ध गराउन सकेनन् । यता, जिल्ला प्रशासन कार्यालय भने यस विषयमा मौन छ । स्रोतका अनुसार पुर्जा छैन तर, यहाँ मुखिया प्रथा हावी भएकाले बोल्न मिल्दैन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले आधिकारीकरुपमा जानकारी नभएको बताए । ‘राष्ट्रपति आउनुपूर्व यो विषयमा कुरा उठेकै थिएन’ उनले भने, ‘उहाँ आएर गएपछि मात्र यस विषयमा कुरा उठेका छन् । हामीसँग लिखित उजुरी परेको छैन । यर्थाथ के हो जिल्ला मालपोत कार्यालयसँग बुझ्नेछौ ।’ सरकारी जग्गा दर्ता तथा लिजमा लिने कार्यनीति, २०७९ अनुसार नेपाल सरकारबाट क्यावीनेटमा निर्णय गरेपश्चात रकम तिरेर लिनुपर्ने कानुनी प्रावधान छ । तर, यहाँ प्रकृया नगरी सार्वजानिक जग्गा प्रयोग गरिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयका अनुसार सार्वजानिक जग्गा यसरी मनपरी तवरले लिन पाइदैन । ‘सरकारलाई नै जानकारी छैन्’ मालपोत स्रोतले भन्यो । मालपोतका अनुसार ६० देखी १ सय रोपनी जग्गा प्रयोग गरिएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०७४ अन्तर्गत यहाँ बनेका घर संरचना नक्सा पास गर्ने अधिकार स्थानीय सरकारलाई छ । यस्तै, सार्वजानिक जग्गाको संरक्षण गर्ने दायीत्व पनि स्थानीय सरकारको नै हो । रिसोर्ट रहेको गापा–१ का वडाध्यक्ष प्रमिश गुरुङले जनप्रतिनिधि भए पनि मुखिया चलन कायमै रहेको बताउँदै मुखियाले नै दिएको बताए । गाउँलेले ३० वर्षको लागि जग्गा लामालाई दिएको उनले बताएका छन् । ‘यहाँ मुखियाको निर्णय चल्छ’ उनले भने, ‘यो ७÷८ वर्षअघिको प्रोजेक्ट हो । हामी मात्र होइन यसअघिका जनप्रतिनिधिसमेत नआउँदैको प्राजेक्ट भएकाले गाउँ तवरवाटै निर्णय भएको हो ।’ अध्यक्ष प्रमिशले पनि जग्गा भने व्यक्तिकै नाममा भएको दावी गरे पनि पुष्टि गर्न सकेनन् । पुराङ गाउँका मुखिया उर्केन पाल्तेन गुरुङ भने यस विषयमा आफूलाई केही जानकारी नभएको भन्दै तर्किए । मुस्ताङलाई पछिल्लोसमय व्यापारीक दृष्टिकोणले लिइन्छ । यहा“ जग्गा किन्ने घर बनाउने, रिर्सोट वा होटल संचालन गर्नेको संख्या पनि थपिदै छ । यहाँका स्थानीय अन्यत्र गएका छन् भने अन्य ठाउँका व्यवसायी मुस्ताङ पुगेका छन् । हर्ककुमार गुरुङ नाम बताउने सोही ठाउँका स्थानीय भन्छन, ‘यहाँ बाहिरी मान्छेको लगानी छ । व्यापारीक रुपमा उनीहरु मारमा पर्छन् । प्रतिस्पर्धा कसरी हुन्छ त ? कसैले निशुल्क जग्गा लिइ दिदा“ जग्गा किन्नेहरु कहिलै माथि उठ्न सक्दैनन् ।’ लामालाई जस्तै नेताहरुले संरक्षणगर्दै गए मुस्ताङमा अतिक्रमण भएको करिव ११ हजार सार्वजानिक जग्गा पनि सरकारले संरक्षण गर्न नक्सने मालपोत कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मुस्ताङमा व्यक्ति र गाउँको नाममा जग्गा रहन्छ । तर, लामाले रिर्सोट चलाएको जग्गा भने गाउ“को नाममा समेत छैन् । कार्यालयका एक कर्मचारी भन्छन, ‘विवादमा आएपछि हामीले जग्गाको धेरै खोजी गर्यौ तर, भेटिएन । मुखिया हुन या जनप्रतिनिधि जग्गाको पुर्जा भए पो देखाउँन सक्छन् ।’ उनले गाउ“को नाममा हुने जग्गा पनि सार्वजानिक नै हुने जनाए । साढे २ दशकदेखि अमेरिकामा रहेका लामा मुस्ताङमै जन्मिएका हुन् । ५२ कोठा रहेको रिर्सोट जोमसोम र कोरालासम्म सहज सडकमार्ग बनेपछि पर्यटकलाई लक्षित गरी बनाइएको हो । रानीपौवा हाइटमा रहेको होटलबाट मनमोहक हिमश्रृखला देख्न सकिन्छ । लामाले पुरन गाउँमा ६४ घर रहेको बताउदै ६४ जनाकै नाममा जग्गा रहेको बताए । ‘गाउँसँग किनेको होइन गाउ“लेले दिएको हो’ उनले भने, ‘मैले समाजसेवा गरेको हुँ ।’ पुरन गाउँ समितिबाट आफूलाई समाजसेवाको लागि जग्गा दिएको बताउदै उनले पुर्जा नभईकन रिर्सोट संचालन नगरेको दावी गरे । यता, मालपोत कार्यालयले नापी कार्यालयबाट समेत जग्गाको कित्ता जाँच नगरिएको र कुनै पनि पुर्जा नभएको दावी गरेको छ । यता, सुरक्षा स्रोतले पनि यस विषयमा आफूहरु बोल्न नमिल्ने बताउदै सार्वजानिक जग्गा रहेको बतायो । ‘पहुँचको आधारमा सार्वजानिक जग्गा अतिक्रमण गरे, राष्ट्रपति ल्याएर उद्घाटन गराए’ एक कर्मचारी भन्छन, ‘सवैभन्दा ठूलो कुरा पहुँच हो ।’ राष्ट्रपति आउने भएपछि प्रमुख जिल्ला अधिकारी कार्यक्रममा सहभागी भए पनि अन्य कर्मचारी भने अवैध रिर्सोटको कार्यक्रममा सल्लाहले नै सहभागी नभएको कर्मचारी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *