सिद्धार्थ राजमार्गमा खाल्डैखाल्डा

Share this post :

Facebook
Twitter
WhatsApp

जता हेर्यो उत्तै खाल्डो छ । राजमार्गको कुनैपनि ठाउ अलिकति राम्रो छैन् । राम्रो, चिल्लो र पीच सडक कस्तो हुन्छ ? कल्पनामा डुव्नुबाहेक यर्थाथमा देख्न नपाइने भयो । अव त कहा“नेर कति ठूलो खाल्डो छ ? कुन खाल्डोमा गाडी पास गर्न सकिदैन भन्ने एकएक थाहा भइसक्यो । यो भनाई पोखरा–वालिङ दैनिक चल्ने हाइस चालक दिलीप रानामगरको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्ड पछिल्लोसमय खाल्डामा परिणत भएको छ । राजमार्ग चक्लाउने भन्दै घुम्ती खारन डोजर लगाउने, भित्री सडक खन्नको लागि विना मापदण्ड राजमार्गको जहापाए त्यही डोजर लगाउने जस्ता समस्याले पछिल्लोसमय राजमार्गको स्वरुप नै विग्रिएको छ । ‘बर्षामा हिलो र हिउदमा धुलो राजमार्गको विशेषता हो’ चालक रानाले भने, ‘बाटो हिडिसक्नु छैन् । हामीलाई त यात्रा गर्न यति गाह्रो छ, पैदलयात्रुको अवस्था झन् कस्तो होला ?’ उनले सडककै कारण सवारी साधनको आयु पनि घट्दै गएको बताए । ‘पाङग्रा छिटो खिइनु, विग्रने पनि सडककै कारण हो’ उनले थपे, ‘पोखराबाट अव स्याङ्जा जाने हो भनेपछि पहिलै मन अल्यास हुन्छ ।’
सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड कुविण्डेदेखी राम्दीसम्म ८२ किलोमिटर पर्छ । यहाँको सवै भाग उत्तिकै जोखिम रहेको पुतलीबजार नगरपालिका–१२ का राजेन्द्र शर्माले बताए । ‘मेरो घर पैल्काचौर हो, पेल्काचौर जाने नेर सिदार्थ राजमार्गको अवस्था हेर्नुहोस जहिलै त्यस्तै छ’ उनले भने, ‘न कहिलै सडकको मर्मत हुन्छ । पानी बग्ने पनि सडकमाथि नै हामीले सवारी चलाउने पनि सडकमाथि नै ।’ उनले राजमार्गको पहिरोसमेत विगतका बर्षदेखी यत्तिकै रहेको बताए । सडकको पहिरो पन्छ्याउने र पानीलाई नालीबाटै बग्ने व्यवस्था मिलाए मात्रपनि सडकको केही अवस्था सुध्रिने उनले बताए । राजमार्गमा अवस्थित मुख्य बजार क्षेत्र पनि बजारको अवस्था उस्तै रहेको उनले बताए । सडकको विभिन्न भागमा खोला बग्दा बाइक र स्कुटर जस्ता साना सवारी साधन चलाउदा बढी जोखिम हुने उनले बताए । यसा त, कुविण्डेदेखी कास्कीको पृथ्वीचोकसम्म पनि सिदार्थ राजमार्ग उस्तै जोखिम छ । ‘खानेपानीको पाइप गाड्ने भनेको छ, बाटो चक्लाउने रे विभिन्न वाहना बनाउदै सडक खन्दा खाल्डाखुल्डी मात्रै बनेका छन्’ पृथ्वीचोकस्थित माया पोखरेल भन्छिन, ‘साना बच्चा छन् । छेउछेउ घर जान्छौ भने पनि छोड्न नसकिने । खाल्डा बढी भएपछि मोटरसाइकल र स्कुटर पेटीमै कुदाउछन् ।’ उनले खाल्डामा जमेको पानीले पसलमा समेत बस्ने वातावरण नहुने बताइन् । खाल्डाकै कारण सवारी दुर्घटना पनि बढी हुने अर्का चालक बाबुराम पोखरेल बताउछन् ।
‘पानीले खाल्डो भरिएको हुन्छ, गाडी हम्मेसै हाल्ने हो’ उनले भने, ‘लापारबाही गाडी हाल्डा दुर्घटना हुन्छ । गाडीमा पनि क्षति पुगेको हुन्छ ।’ जोखिमसंगै गाडी मर्मतको खर्च पनि बढ्ने उनले बताए । राजमार्गमा पुरानै नाली रहेपनि कहि भत्किएको छ भने कहि पहिरोले पुरिएको छ । स्थानीय तहले सडक विस्तार गर्ने भनेर डोजर लगाएपनि ढुंगा, माटोको व्यवस्थापन नगर्ने र मर्मत पनि नगर्ने गरेको स्थानीयको आरोप छ । सिदार्थ राजमार्ग संघीय सरकारको हो भन्दै स्थानीय सरकार खाल्डाखुल्डी पुर्ने जस्ता साना काममा पनि पन्छिने गरेको शर्माले बताए । जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमृुख लक्ष्मी भण्डारीले राजमार्गको तुलनामा भित्री सडक धेरै राम्रा बनेको बताए । स्थानीय र प्रदेश सरकारले भित्री सडकलाई नै प्राथमिकता दिएको उनको भनाई छ । ‘गाउँमा अहिले सडक चिल्ला छन्’ उनले भने, ‘राजमार्गको अवस्था यस्तो छ । मान्छे गाउँ जान बरु खुशी हुन थाले राजमार्गमा यात्रा गर्दा हुदैनन् ।’ ग्रामीण सडक पीच हुन थालेपछि राजमार्गमा भन्दा ग्रामीण सडकमा यात्रा सुरक्षित रहेको उनले बताए । स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले राजमार्ग विस्तार गर्ने भनेर संघीय सरकारले पटकपटक सम्बोधन गरेपनि अहिलेसम्म सडकको अवस्था जस्ताको तस्तै रहेको बताए । ‘राजमार्गको विषयमा धेरै आवाज उठायौ’ उनले भने, ‘स्थानीय तहसंग बजेट छैन, संघले सुन्दैन ।’ राजमार्गमा पछिल्लोसमय दुर्घटना पनि बढी हुन थालेको उनको भनाई छ । ‘राजमार्गको यात्रा निकै जोखिम छ’ उनले थपे । कान्तिपुरबाट..

Leave a Reply

Your email address will not be published. Required fields are marked *