सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ जनाकाे सनाखत

Share this post :

Facebook
Twitter
WhatsApp

नारायणगढ-मुग्लिन सडककाे भरतपर महानगरपालिका-२९ सिमलतालस्थित गएकाे पहिराेमा परी त्रिशुली नदीमा खसेर हराएका दुई वटा बसका पाँच यात्रुकाे शब भेटिएकाे छ ।

शुक्रबार विहान खाेजी र उद्धारमा संलग्न सुरक्षा टाेलीले स्थानीयले दिएकाे सुचनाका आधारमा थप ६ बटा शब भेटाएकाे थियाे । ती शब बस कै यात्रीकाे भए नभएकाे पुष्टि नभइसकेकाे प्रहरीले जनाएकाे छ ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार दुइ सवार बसमा ६५ जना यात्री थिए । जसमा तीन जना यात्री मात्र सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानै देखि गाेताखाेरसहितकाे टाेली उद्धार र खाेजीमा सक्रिय भए पनि बस भेटिएकाे छैन । घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शबहरू भेटिएकाे प्रहरीले जनाएकाे छ । दुवै बसमा गरेर नाै जना भारतीय यात्रा गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *