सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम

Share this post :

Facebook
Twitter
WhatsApp

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । विहीवार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । बुधबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज एकैदिन १ हजार ८०० रुपैयाँ बढेपछि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीवार तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ३६८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *