सोमबार सुनको मूल्य १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १५ हजार ९ सय रुपैयाँले सुन घटेको छ ।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १ हजार रुपैयाँ घटेको हो ।
सोमबार बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ११५ रूपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आर्थिक वर्ष ०८१र८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए ।
