गृहमन्त्री नरायणकाजी श्रेष्ठले सुन तस्करीको विषयमा प्रतिनिधिसभाको बैठकमा जवाफ दिने भएका छन् । उनले जवाफ दिने भएसँगै मंगलबारको बैठक सञ्चालन हुने भएको बताइएको छ । सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै प्रमुख प्रतिपक्ष दन नेकपा एमालेले संसद अवरोध गरेको थियो ।
अवरोध गरिएको संसदको विषयमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ण्ड)ले वालुवाटारमा छलफल राखेका थिए । छलफलमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएपछि संसद खुलाउन एमाले तयारी भएको हो । सुन तस्करीमा एमालेका धेरै मान्छे पक्राउ परेपछि संसद अवरोध गरेको आरोप थियो । सोही आरोपका कारण एमालेले लचकता अपनाएको स्रोतले जनाएको छ ।
Post Views: 24