सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको प्रकरणकाे अनुसन्धान सीआईबीले नै गर्ने बताएका छन् । आईतबार बसेकाे सर्वदलिय वैठकमा सकारात्मक कुरा आएकाे बताउँदै उनले साे कुरा बताएका हुन् । उनका अनुसार संसद खुलाउने विषयमा सकारात्मक कुरा भएकाे छ ।
प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित भएका कारण ठोस् निष्कर्षमा पुग्न नसकिएकाे बताउँदै गृहमन्त्री श्रेष्ठले सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउने बताए । सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्याउने दाबी गरे ।
Post Views: 18