सुन तोलामा ६ सय रुपैयाँ घट्यो

Share this post :

Facebook
Twitter
WhatsApp

सुनको मूल्य मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको छ । प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको सुनको भाउ मंगलबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ । प्रतितोला १ हजार ३५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार महासंघले नेपालमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *