पोखरा महानगर-३३ बरपौवाका लक्ष्मण बिकको हराईरहेका छोरा वर्ष ९ को गणेश बिकलाई मृत्त अवस्थामा भेटिएकाे छ । शनिबार साँझ ५ बजे बरपौवा नजिक सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोको पानी माथि वालकको चप्पल तैरिरहेको देखेपछि स्थानीय प्रहरी तथा बासिन्दाबाट खोजतलासका लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खबर गरेका थिए ।
कालिका गणबाट खटिएको बिशेष विपद व्यवस्थापन तथा गोताखोर टोली परिचालन आईतवार विहान ८:३० बजे बालकको शव खाल्डोको बीच भाग अन्दाजी २० फिट गहिराईबाट उद्धार गरेको कालिका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।
घटना के कसरी भयो भन्ने सम्बन्धमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेकाे छ । घटनास्थल कालिका गणबाट अन्दाजी ३० किलोमिटर पूर्वतर्फ रहेको एसपी शर्माले बताए ।
Post Views: 109