सुर्य दर्शन सहकारी प्रकरण : जीवी राईविरूद्व रेडकर्नर नाेटिस जारी

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–४ नालाको मुखस्थित संचालित सुर्य दर्शन बचत तथा ऋण सहकारी संचालक समितिका पदाधिकारी पक्राउ गर्नका लागि प्रहरीले अन्तराष्ट्रियस्तरमा नै खोजतलास गरेको छ । यसको लागि सूचना जारी गरिएको जानकारी दिएको छ ।
सहकारी संचालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार गत साउन २२ मा सहकारी ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दाको अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो । यहाँ संलग्न १९ जनाविरुद्ध अभियोगपत्र अदालतमा दर्ता भएको भए पनि हालसम्म जम्मा ४ जना प्रतिवादी पक्राउ भएका छन् ।
फरार रहेका मुख्य प्रतिवादी गितेन्द्रबाबु राई (जिवि राई) भुपेन्द्र राई र थानबहादुर बुढा मगरलाई खोजतलास एवं पक्राउको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोलले रेडकर्नर नाेटिस जारी गरेकाे हाे । प्रतिवादीविरुद्ध माघ १२ गते सूचना जारी गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *