पोखरा महानगरपालिका–३नारायणथानस्थित सेतीनदीमा किशोरी हाम फालेकी छन् । बुधबार दिउ“सो १२ बजेर ४५मिनेट जादा“ धादिङ निलकण्ठ नगरपालिका–५ घर भई हाल पोखरा–१ अधिकारी टोलमा बस्दैआएकी १८ वर्षिय कन्चन अवस्थी हाम फालेको जिल्ला प्रहरी कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार किशोरी भेटिएकी छैनन् । उद्दार टोलीद्धारा खाजी भइरहेको उनले बताए । अवस्थी पिएनक्याम्पसमा बीएसी पहिलो वर्षमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार उनले मानसिक रोगकोऔषधी सेवन गर्दै आएकी थिइन् ।
Post Views: 23