कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं। १० छोम्रोङमा आयोजना हुने २० औं सेन्चुरी ल्होसार महोत्सव आजदेखि शुरु हुँदैछ । सेन्चुरी युवा क्लवले तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित महोत्सव १४ गते सम्म सञ्चालन हुनेछ ।
क्लवका अध्यक्ष मिकाश गुरुङका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित महोत्सवमा विभिन्न साँस्कृतिक र खेलकुदका कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता र बास्केटबल प्रतियोगिता आयोजना गरिएको सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार भलिबलतर्फ १२ टिम र बास्केटबलतर्फ १४ टिमले दर्ता गरिसकेका छन् । दुवै प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार प्राप्त गर्नेछन् ।
यसैगरी द्धित्तीय र तृतीय स्थान हाँसिल गर्ने टिमहरुले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमशः १५ हजार र आठ हजारबाट पुरस्कृत हुनेछन् ।
मेलाको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने आयोजकले जनाएको छ ।
