हिमाली जिल्ला सोालुखुम्बुमा रातिदेखि भारी हिमपात भईरहेको छ । दुई दिनदेखि मौसमममा खराबी आएपनि हिमपात भने गएरातिबाट शुरु भएको हो ।

जिल्लाको हिमाली तथा उच्च पहाडि क्षेत्रमा बाक्लो मात्रामा हिमपात भईरहेको हो ।

हिमपातका कारण सबै डाँडा र बस्ती सेताम्मे भएका छन् । यो हिउँदयामकै बाक्लो हिमपात हुँदा चिसोले जनजीवन कष्टकर भएको छ । खुम्जुङ, नाम्चेबजार, लुक्ला, सल्लेरी र पत्तालेमा सबै भन्दा बढी हिउँ परेको हो ।



नाम्चे बजारमा २ फिट भन्दा बढी हिउँ जमेको छ भने जिल्लाको नाकापत्ताले बजारमा १ फिट भन्दा बढी हिउँ जमिसेकेको छ । हिमपातले यहाँको जनजिवन प्रभावित भएको छ । सवारी साधन ठप्प भएका छन् । प्रहरीका अनुसार हिउँका कारण बाटो खुलाउने अवस्था छैन् ।

बजारको तापक्रम माईनस ६ डिग्रि सेल्सियस हुँदा पत्तालेको तामक्रम माईनस २ डिग्रि सेल्सियस रहेको छ । जिल्ला सदरमुकाम सल्लेरीमा पनि अहिलेसम्मकै सबैभन्दा धेरै हिउँ परेको छ ।
