स्थानीय तहको चुनावअघि नै शैक्षिकसत्र अन्त्य गर्ने तयारी

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचन अघि नै (कक्षा १–१० को) शैक्षिकसत्र अन्त्य गर्न तयारी थालेको छ । यसअघि सवै कक्षाको अन्तिम परीक्षासमेत सञ्चालन गर्न तयारी थालेको जनाएको छ ।
कोभिड संक्रमणका कारण शैक्षिकसत्रको सुरुमा र अहिले पनि पठनपाठन प्रभावित बनिरहेको छ । चुनावका कारण पठनपाठन अझ प्रभावित हुन सक्ने भएकाले बोर्डले त्यसअघि नै परीक्षा सकेर नयाँ शैक्षिकसत्रको तयारी गर्न लागेको जनाएको छ ।
बोर्डले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखसँग परीक्षा सञ्चालनका विषयमा छलफल गरेको थियो  । प्रमुखहरूले ७० प्रतिशत पाठ्यक्रम पूरा भएकाले फागुन र चैत महिनाभर कक्षा सञ्चालन हुन सके वैशाखमा परीक्षा गर्न सकिने राय दिएका थिए ।
कोभिड संक्रमण नबढे कक्षा १२ को परीक्षा पनि दुई वर्ष पहिले जस्तै निश्चित केन्द्र तोकेर सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष संक्षिप्त परीक्षा होमसेन्टरमा नै लिइएको थियो । दुई वर्षदेखिको महामारीका बीच कक्षा ११ को परीक्षा सञ्चालन गर्ने अधिकार बोर्डले विद्यालयलाई नै दिएको छ । फागुन पहिलो सातादेखि त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालय र सीटीईभीटीलगायत शिक्षण संस्थाको स्थगित परीक्षा पनि सञ्चालन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *