स्थानीय तहको निर्वाचनमा मतपत्र छाप्न साढे ११ करोडको कागज खरिद गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाईको लागि निर्वाचन आयोगले करिब साढे ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ । यसको लागि आयोगले बोलपत्र आह्वान गरेको छ । सोही अनुसार आयोगले कागज खरिद सम्झौता गरिएको आयोगले जनाएको छ ।
आयोगले ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँमा कागज खरिद गर्ने सम्झौता गरेको हो । यस्तैगरी, आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ जनाको २० हजार रुपैयाँ बराबरको बिमा गर्ने भएको छ । सोही अनुसार प्रस्ताव आह्वान आयोगले गरेको छ । जसमध्ये आयोगका पदाधिकारी, सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) गरी ९ सय जनाको १ सय ४ दिनको बिमा हुनेछ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७ सय ७७ कर्मचारीको ७० दिनको बिमा गरिनेछ । त्यस्तै मतदान केन्द्रमा खटिने ९४ हजार जनाको १५ दिन र मतगणना कार्यमा खटिने ९ हजार ३६ कर्मचारीहरुको १० दिनको बिमा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *