स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

Share this post :

Facebook
Twitter
WhatsApp

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।
चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले कुनैपनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित वातावरणमा सम्पन्न गर्ने प्रमुख दायित्व राजनीतिक दलहरुकै हुने हुँदा सक्षम र नागरिकहरुले विश्वास गर्ने कुनैपनि कसुर नलागेको, भ्रष्ट आचारण नभएको व्यक्तिहरुलाई उम्मेदवारको रुपमा दलहरुले टिकट दिनुपर्ने विचार राखे ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले दलहरुले सर्वस्वीकार्य उम्मेदवारलाई छनोट गर्नुपर्ने बताइन् । उनले स्थानीय तहहरुले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गण्डकीका संयोजक तथा शान्तिका लागि नागरिक समाजको सञ्जालका पूर्व संयोजक विष्णुप्रसाद वरालले नागरिक अपिल बाचन गर्दै भ्रष्ट आचरण भएका कुनैपनि व्यक्तिलाई दलहरुले उम्मेद्वार बनाउन नहुने बताए । निर्वाचनलई स्वच्छ बनाउन दलहरुसंगै नागरिकहरुको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहने उनको भनाई छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा नागरिक अपिल बुझाइसकिएको र अन्य दलहरुलाई पनि बुझाइने बताए । उनले राजनीतिक दलहरुले मानवअधिकार उल्लंघन घटनाका दोषीहरुलाई कुनैपनि हालतमा उम्मेद्वारको रुपमा अगाडी सार्न नहुने बताउँदै जनप्रतिनिधीहरुले मानवअधिकारका सवालहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिवक्ता गीरधारी सुवेदी, गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष गोपाल खड्काले सक्षम र नागरिकप्रति जवाफदेहि भएका योग्य व्यक्तिहरुलाई उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई आग्रह गरे । पार्टीले उमेदवार छनौट गर्दा आफ्नो दलीय सिद्धान्त, नीति, उपगुट, आर्थिक सहयोग, चन्दा, निर्वाचन खर्च गर्न सक्ने क्षमता तथा जसरी पनि जित्न सक्ने व्यक्तिलाई उमेदवार वनाउने अभ्यास संस्थागत रुपमा स्थापित हुदै जान थालेको छ । धन (पैसा) हुनेले दलहरुवाट उमेदवार वन्न सक्ने, पैसाल नहुने इमान्दार, त्यागी नेता कार्यकर्ता उमेदवारी वितरण गर्ने नेता तथा पदाधिकारीको नजरमा नपर्ने अभ्यास हावी रहेको छ ।
यस अर्थमा आसन्न निर्वाचनका सम्पुर्ण राजनैतिक दलहरु प्रति स्वच्छ, स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि स्वच्छ उमेदवार खडा गर्न अपील गर्दैै निम्न विषयमा ध्यानर्कषण गराउन चाहान्छौ।’, अपिलमा भनिएको छ । यस्तै वडा तथा पालिकाका अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयर पदमा महिलालाई कम्तीमा ३३ प्रतिशत नघट्ने गरि उमेदवारी कायम गर्न दलसामु जोडद्धार माग गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *