स्थानीय तहमा बेरुजुका चाङ

Share this post :

Facebook
Twitter
WhatsApp

तलब, छात्रवृत्ति र पाठ्यपुस्तकमै घोटाला

महालेखा परीक्षकको कार्यालयले देशभरका १३१ स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु रहेको जनाएको छ । आइतबार सार्वजानिक गरिएको ६१ औँ वार्षिक प्रतिवेदनमा महालेखाले देशभरका विभिन्न स्थानीय तहले पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको तलबमा बढी रकम निकासा गर्ने गरेको खुलेको छ ।

प्रतिवेदनका अनुसार देशका १३१ स्थानीय तहले शिक्षकको तलबमा ३ करोड ९७ लाख ६ हजार रुपैयाँ बढी निकासा गरेका छन् । स्थानीय तहले कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालय शिक्षक किताबखानाबाट तलबी प्रतिवेदन पारित गराई तलब भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहले शिक्षकको तलबी प्रतिवेदन पारित नगरेको, बढी ग्रेड भुक्तानी गरेको, दोहोरो निकासा दिएको देखिएको छ । यसबाहेक, दरबन्दीभन्दा बढी शिक्षकको तलब भत्ता निकासा गरेकोसमेत महालेखाले उल्लेख गरेको छ । यसबाट स्थानीय तहमासमेत केन्द्रीय र प्रदेश सरकारमा जस्तै बेरुजु र अपचलन व्याप्त रहेको देखाउँछ ।

यसबाहेक यो वर्ष १२९ वटा स्थानीय तहले शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएभन्दा पाठ्यपुस्तकमा ३ करोड ३९ लाख ८३ हजार रुपैयाँ बढी निकासा दिएका छन् । यस्तै १०१ स्थानीय तहले छात्रवृत्तिमा २ करोड ४७ लाख ६२ हजारसमेत गरी कूल ५ करोड ८७ लाख ४५ हजार बढी निकासा दिएको खुलेको छ । महालेखा कार्यालयले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकाको पनि वेरुजु बढ्दो देखाएको छ । यस्तै, संघिय मन्त्रालयहरुमा पनि वेरुजू बढ्दै गएको छ । सवैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयलको रहेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *