स्याङ्जाको आँधीखोलामा एमालेका विश्व पौडेल निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

यहाँको आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्धन्द्धी नेपाली का“ग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । पौडेलले ५ हजार १ सय ७७ मत ल्याएका छन् भने प्रेमराजले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रमुख प्रतिद्धन्द्धी एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतान्तरको फरकमा उपाध्यक्ष पदमा एमालेकै सीता थापा विजयी भएकी छन् । थापाले ५ हजार २ सय ७३ मत ल्याएकी छन् भने, रामचन्द्रले ३ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । यसभन्दा अघि आँधीखोलामा एमालेबाटै अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए । यस्तै आँधीखोलाको १ नम्बर वडामा एमालेका पवनकाजी अधिकारी निर्वाचित भएका छन् । यसैगरी २ नम्बर वडामा एमालेकै कमलप्रसाद पौडेल, ३ मा कांग्रेसका शेरबहादुर कार्की, ४ मा एमालेका सिंहबहादुर क्षेत्री, ५ मा एमालेका कृष्णप्रसाद पनेरु र ६ मा कांग्रेसका नवीन ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत डिल्लीराम पौडेलले जानकारी थिए । यसभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा आँधीखोलाका ६ वटा वडामा एमाले विजयी भएको थियो । यसपटकको निर्वाचनमा आफ्ना २ वटा वडा गुमाउन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *