स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुनः निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणम अनुसार उनले १ सय ३२ को मतान्तरले काँग्रेसका लक्ष्मीप्रसाद बराललाई हराए । सुवेदीले ३ हजार ८ सय ३६ मत ल्याउदा बरालले ३ हजार ७ सय ४ मत ल्याए । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ निर्वाचित भएकी छन् । नेकपा माओवादीका शिवप्रसाद पराजुलीलाई १ हजार ५ सय ९९ मतान्तरले पछाडि पार्दै विजयी भएकी गुरुङले ३ हजार ९ सय ३८ मत प्राप्त गरेकी छन् भने, पराजुलीले २ हजार ३ सय ७९ मत प्राप्त गरेका छन् । यसैगरी ५ वटा वडा रहेको फेदीखोलामा क्रमश १ मा कांग्रेसका अमृत क्षेत्री, २ मा एमालेका अभिलाष गुरुङ, ३ मा कांग्रेसका कृष्णबहादुर रानाभाट, ४ मा कांग्रेसकै ख्यामनारायण पौडेल र ५ मा कांग्रेसकै डिलबहादुर गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पौडेलले जानकारी दिए ।
