स्याङ्जाको भीरकोटमा काँग्रेसका गोविन्द कर्माचार्य विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै यहाँको भीरकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी भएका छन् । कर्माचार्यले ६ हजार ५ सय ४ मत प्राप्त गरेका छन् भने, अर्यालले ५ हजार ६ सय ६९ मत प्राप्त गरे । यस्तै, उपमेयर पदमा काँग्रेसकै भगवती रेग्मी अर्याल विजयी भएकी छन् ।
प्रतिद्धन्द्धी एमालेकी सरस्वती अधिकारीलाई २ हजार २ सय ६९ मतले पराजित गर्दै अर्याल विजयी भएकी हुन् । उनले ७ हजार १ सय ९७ मत ल्याएकी छन् भने अधिकारीले ४ हजार ९ सय २८ मत ल्याएकी छन् । यस्तै, भीरकोट नगरपालिकाका ९ वटा वडामध्ये एउटामा एमाले र बाँकी ८ वटामा कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत ऋषिराम आचार्यका अनुसार भीरकोटमा १ नम्बर वडामा कांग्रेसका दीपेन्द्र केसी, २ मा कांग्रेसकै श्यामकाजी अधिकारी, ३ मा कांग्रेसका केशरबहादुर खड्का, ४ मा कांग्रेसका रत्नप्रसाद श्रेष्ठ, ५ मा कांग्रेसकै सु.कृष्णबहादुर थापा, ६ मा एमालेका लक्ष्मण खत्री, ७ मा कांग्रेसका तारा अर्याल, ८ मा कांग्रेसका नन्दलाल खनाल र ९ मा कांग्रेसकै भीमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *