प्रमुख प्रतिद्धन्द्धी नेपाली काँग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै विरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका सूर्य कुवँर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउदा काँग्रेसको पोखरेलले जम्मा ४ हजार ७ सय ४६ मत प्राप्त गरे । पोखरेल विरुवा गापाको कांग्रेस सभापति समेत हुन् ।
यस्तै, उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी भएकी छन् । निकतम प्रतिद्धन्द्धी नेकपा माओवादीका थमनबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै विजयी भएकी शर्माले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् भने, गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे । यसैगरी विरुवा गाउँपालिकाका ८ वडामध्ये १ मा काँग्रेसका राजेन्द्र केसी, २ मा कांग्रेसकै नोमबहादुर गुरुङ, ३ मा माओवादी केन्द्रकी मनुकुमारी थापा, ४ मा कांग्रेसका मुक्तबहादुर गुरुङ, ५ मा एमालेका नवीन थापा, ६ मा एमालेकै कृष्ण क्षेत्री, ७ मा कांग्रेसका मेखराज गुरुङ र ८ मा एमालेका नवीन आले निर्वाचित भएको निर्वाचन अधिकृतको घोषण उदृत गर्दै एमाले जिल्ला कमिटि सदस्य शिव वाग्लेले जनाएका छन् ।
